नियम २८
इतलायनामा बा सूचना तामेल भएपछिको कारबाही
नेपाल सरकार उपर वा सरकारी कामको सिलसिलामा सरकारी कर्मचारी उपर परेको नालिस उजुरका सम्बन्धमा अदालतबाट जारी भएको इतलायनामा वा सूचना सरोकारवाला सरकारी वकीलले पाउनासाथ संलग्न कागजात सहित सम्बन्धित कार्यालय वा कर्मचारीलाई तुरुन्त पठाई दिनु पर्नेछ ।